खाेज्नुहाेस

बैतडीको सुर्नयामा १ हजार ५४ जनालाई लगाईयो एचपिभी खोप

Image

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा १ सय ५४ जनालाई एचपीभि खोप लगाईएको छ । उक्त पालिकामा यही माघ २७ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन गरिएको खोप अभियान अन्र्तगत १ हजार ५४ किशोरीहरुलाई एचपीभी खोप लगाईएको हो ।

navjiwan hospital

पालिकाले कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका किशोरीहरु गरेर १ हजार ८४ जनालाई उक्त खोप लगाउने अनुमान गरेको थियो । जसमध्ये पालिकाले १ हजार ५३ जना विद्यालयमा अध्ययनरत र १ जना विद्यालय बाहिर रहेका किशोरी गरी १ हजार ५४ जनालाई खोपलगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिँह महराले बताए ।

attariya hospital

पाठेघरको मुखको क्यान्सर हुन नदिनका लागि देशैभरी सञ्चालन भएको खोप अभियान अन्तर्गत सुर्नयामा पनि खोप लगाईएको हो ।