खाेज्नुहाेस

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

Image

अछाम– अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश भएको छ । अछामबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले अस्पतालको निरन्तर सेवाकोे माग गर्दै संसदमा ध्यानाकर्षण प्रस्ताव पेश गरेका हुन ।

navjiwan hospital

‘१५ वर्षदेखि अनवरत रुपमा सुदुरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले सेवा पाउँदै आएकोमा विगत दुई वर्षदेखि नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान अभावका कारण सेवा लिंदै आएका जनताहरू उक्त अस्पतालको सेवाबाट बन्चित हुने अवस्था आएकाले उक्त अस्पतालको सेवा निरन्तरताका लागि यो ध्यानाकर्षण प्रस्ताव गरिएको छ’ कुँवरले पेश गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

attariya hospital

ध्यानाकर्षण प्रस्तावमा सांसदद्धय दयालबहादुर शाही र पुष्पबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको स्पष्टीकरण माग गरेका छन् । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाह पनि अछामबाटै संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य हुन् । नेकपा एमालेका सांसद दयालबहादुर शाही बाजुराबाट संघीय संसद्मा प्रतिनिधित्व गर्छन् ।

अछामको साँफेबर नगरपालिका–७ स्थित बयलगडमा रहेको उक्त अस्पताल २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल हेल्थ अमेरिकाको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबीच सम्झौतामा अस्पताल सञ्चालन हुँदै आएको छ । तर, पछिल्लो समय नेपाल सरकारले अनुदान नदिँदा समस्या भएको ध्यानाकषण पत्रमा उल्लेख छ ।