खाेज्नुहाेस

गौरीगंगामा स्क्रिनिङ्ग शिविर आयोजना गरिने

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकामा स्वास्थ्य स्क्रिनिङ्ग शिविर आयोजना गरिने भएको छ । नगरपालिकाको चौमाला स्वास्थ्य शाखाको आयोजनामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत महिलाहरूमा देखिने आम समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण, रक्तचाप, मधुमेहजस्ता रोगहरूको जाँच तथा उपचारका लागि निःशुल्क शिविर आयोजना गरिन लागेको हो ।

navjiwan hospital

शिविर फागुन ४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र मनकापुर, फागुन ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र अण्डौया, फागुन ९ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र बढैपुरमा सञ्चालन गरिने गौरीगंगा नगरपालिकाले जनाएको छ ।

attariya hospital

शिविरमा प्रजनन स्वास्थ्यसम्बन्धी ओपिडी सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, पाठेघर खस्ने समस्या तथा अन्य गाइनो समस्याहरूको परामर्श, निःशुल्क औषधि उपचार तथा आवश्यक रिफरल सेवा प्रदान गरिने जनाइएको छ ।