खाेज्नुहाेस

अर्जुन ट्रफी : प्लेयर अफ द सिरिज यादवलाई, उत्कृष्ट बलर र ब्याट्सम्यान बने भुर्तेल

Image

अत्तरिया – धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेयर अफ द सिरिजको अवार्ड विवेक यादवले जितेका छन् । सिवाईसी अत्तरियाका यादवले प्रतियोगितामा १५२ रन सहित १० विकेट लिएका थिए । उनले नगद १ लाख पुरस्कार पाएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानको उपाधि कुशल भुर्तेलले हात पारेका छन् । फेण्ड्स क्लब डडेल्धुराका भुर्तेलले ५ खेलमा १३ विकेट र १६८ रन बनाएका थिए । उनले दुवै उपाधि बापत ५०–५० हजार पाए ।

attariya hospital

प्रतियोगिताको जाइरिङ प्लेयर अवार्ड हिम्मत महराले हात पारेका छन् । डिसिए धनगढीका महराले नगद ५० हजार पाएका छन् ।

सम्बन्धीत समाचार : अर्जुन ट्रफी : डडेल्धुरालाई स्तब्ध पादै अत्तरियाले चुम्यो उपाधि