खाेज्नुहाेस

अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी

Image
अत्तरिया – कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डीसीए धनगढीबाट खेलिरहेका दीपेन्द्र सिंह ऐरी १८ बोलमा १५ रन बनाएर आउट भएका छन् । उनी ११ ओभरमा खेल चलिरहँदा कमल गुप्ताको बोलमा क्याच आउट भएका हुन ।
attariya hospital
ऐरी सिवाईसी अत्तरिया विरुद्धको सेमिफाइनल खेल खेल्न हिजो मात्रै धनगढी आएका थिए ।  अहिले पहिलो ब्याटिङ गरिरहेको धनगढी १२ ओभरमा ५ विकेट गुमाउँदै ५८ रन बनाएर खेल्दै छ ।
यसअघि शनिवार भएको पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ । आजको खेल जित्ने टिम फाइनल प्रवेश गर्ने छ ।

Update : अर्जुन ट्रफिमा धनगढीलाई हराउँदै अत्तरिया फाइलमा प्रवेश