खाेज्नुहाेस

अर्जुन ट्रफीको फाइनल प्रवेशका लागि आज अत्तरिया र धनगढी भिड्दै

Image

अत्तरिया  – कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दिउँसो सवा १२ बजे फाइनल प्रवेशका लागि सिवाइसी अत्तरिया र डीसीए धनगढी भिड्दै छन । यसअघि शनिबा भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ ।

आजको विजेता टिमले भोलि फाइनलमा डडेल्धुरा सँग भिड्ने छ । अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले आज नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ । जसले खेललाई झन रोचकता प्रदान गरेको छ ।

attariya hospital

धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् ।