खाेज्नुहाेस

चितवन अदालतद्वारा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

Image

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

navjiwan hospital

साहारा चितवन सहकारी ठगी मुद्दामा सुनुवाइ भएपछि न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार लामिछानेलाई धरौटी माग गर्दै आदेश जारी गरिएको छ।

attariya hospital

साहारा चितवन सहकारी ठगी प्रकरणमा रवि लामिछानेले बुधबार अदालतमा बयान दिएका थिए। थुनछेक बहस बिहीबार सकिएपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।