अत्तरिया – धनगढीमा जारी अर्जुन ट्रफिमा काठमाण्डौं र झापाका टिम विजयी भएका छन । बुधबार भएको पहिलो खेलमा एक्सलेन्ट सेन्टर काठमाण्डौं विजयी भएको छ । काठमाण्डौंले न्यू होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेर बुटवलले ९ बिकेट गुमाएर दिएको १ सय रनको लक्ष्य काठमाण्डौंले १७ दशमलव ४ ओभरमा ४ बिकेट गुमाउँदै पुरा गरेको थियो ।

यस्तै बुधबार भएको दोस्रो खेलमा बोस्टन एकेडेमी झापा विजयी भएको छ । झापाले घोडाघोडी–११ सुख्खडलाई १ रनले पराजित गरको हो ।
पहिले ब्याटिङ गरेको झापाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको सुख्खडले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्रै बनाउन सक्यो ।



















