खाेज्नुहाेस

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा डडेल्धुरा विजयी

Image

धनगढी –धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। गो ड्रीम्सको आयोजनामा भएको यो प्रतियोगिता नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश छ। उद्घाटन समारोह सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गरे भने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द विशेष अतिथिका रूपमा उपस्थित रहे।

प्रतियोगिता धनगढी र सुदूरपश्चिम प्रदेश क्रिकेटका एक महत्वपूर्ण हस्ती स्वर्गीय अर्जुन खड्काको सम्मानमा आयोजना गरिएको हो। उद्घाटन समारोहमा चर्चित गायक चक्र बमको सांगितिक प्रस्तुति विशेष आकर्षण बन्यो।

attariya hospital

डडेल्धुराको शानदार जित

शनिबारको उद्घाटन खेलमा डडेल्धुराको फेण्ड्स क्लबले प्रभावशाली प्रदर्शन गर्दै डिसिए धनगढीलाई ८ विकेटले पराजित गर्‍यो। टस गुमाएर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो। जवाफमा १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको डडेल्धुराले मात्र १५.५ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पार्‍यो।

डडेल्धुराका कुशल भुर्तेल खेलका नायक बने। उनले ५१ बलमा ८७ रनको अविजित पारी खेलेर टिमलाई जित दिलाए। विनोद भण्डारीले पनि ४२ रनको महत्वपूर्ण योगदान दिए।

प्रतियोगितामा आइतबार दुई रोमाञ्चक खेलहरू हुनेछन्। पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी भिड्नेछन् भने दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड आमनेसामने हुनेछन्।