१९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालकी रचना चौधरीले ३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो ।
आज बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।



















