खाेज्नुहाेस

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

Image
धनगढी – कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।
attariya hospital
किशोरीहरूलाई विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
navjiwan hospital
स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा सँग समन्वय गरी खोप अभियान चलाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनले खोप अभियान अन्तर्गत  जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने बताए ।
महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु पर्ने हुन्छ । त्यसका लागि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।