खाेज्नुहाेस

सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा बिहानैदेखि हुस्सु

Image

देशका केही भूभागमा आज (मङ्गलबार) वर्षाको सम्भावना छ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको पाइएको छ ।

navjiwan hospital

‘सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । साथै आज केही क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

attariya hospital

महाशाखाका अनुसार आज बिहानेदेखि तराईंका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ ।