खाेज्नुहाेस

रवि लामिछानेलाई न्यायिक हिरासतमा राखियो

Image
अदालतबाट बाहिरिँदै रास्वपा सभापति काठमाडौँ, २८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट बाहिरिँदै । उहाँलाई अदालतले आज प्रहरी हिरासतमा पठाएको छ । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ – सहकारी ठगीका आरोपित पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लिइएको छ ।

navjiwan hospital

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेश गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनलाई प्रहरीले न्यायिक हिरासतमा लगिएको हो ।

attariya hospital

अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिए पनि थुनछेक बहस शुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा न्यायिक हिरासतमा राख्ने आदेश दिइएको थियो ।

लामिछानेविरुद्ध काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।