खाेज्नुहाेस

बैतडीको दशरथचन्द नगरपालिकाका सुत्केरी आमाहरुलाई उपमेयरको कोसेली

Image

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई उपमेयरको कोसेली वितरण सुरु भएको छ । नगरपालिकाले सुत्केरी आमा तथा बच्चाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपमेयरको कोसेली वितरण कार्य सुरु गरेको हो ।

navjiwan hospital

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने लगायतका उद्देश्य राखेर उक्त कार्य गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । यो बर्ष नगरपालिकाभरी ४ सय ७५ जना सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

attariya hospital

वितरण गरिएको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि आमा र बच्चाको पोषण स्थितीमा सुधार ल्याउन जागरुक होउन भन्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । कोसेलीमा हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री पनि राखिएको छ । सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।