खाेज्नुहाेस

डडेल्धुराको परशुरामधाममा पुस २९ गतेदेखि मकर मेला लाग्ने

Image

डडेल्धुरा– डडेल्धुराको परशुराम धाममा मकर मेला लाग्ने भएको छ । यही पुस २९ गतेदेखी डडेल्धुराको परशुराम–५ परिगाउँस्थित उक्त धाममा मकर मेला लाग्ने भएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल परशुराम धाममा हरेक वर्ष पुस मसान्तको राति रतेडी र माघ १ गते बिहान गङ्गा स्नानसहित मकर मेला लाग्ने गर्दछ ।

attariya hospital

परशुराम मेलामा डडेल्धुराका विभिन्न शिवालयका देउरा समेत स्नानका लागि आउने गरेका छन् । त्यसैगरी डोटी, बैतडी तथा भारतबाटसमेत भक्तजनहरु स्नानका लागि आउने गर्दछन् ।