खाेज्नुहाेस

दाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

Image
सांकेतिक फोटो

दाङ – दाङको तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते ती बालिका र एक किशोर तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ फुटबल मैदान अगाडि जंगलमा गएका थिए।

navjiwan hospital

उनीहरू कलिलै उमेरमा प्रेममा रहेको स्रोतको भनाइ छ। उनीहरू जंगल पुगेपछि एकाएक त्यहाँ थप तीन जना किशोर आए र घेरा हाले। उनीहरूले ती बालिकासँगै गएका किशोरलाई बाँधे। र, बालिकालाई केही पर जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

attariya hospital

दुई जनाले पालैपालो बलात्कार गरेको तथा अरूले बलात्कारमा सघाएको आरोप उनीहरूमाथि छ। तीन जनालाई नियन्त्रणमा लिए पनि एक जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।