खाेज्नुहाेस

पुसभित्र संसद अधिवेशन सुरु गर्ने तयारी, गेटा विश्वविद्यालयको विधेयक अघि बढ्ने

Image

काठमाडौँ – प्रतिनिधिसभाका समितिमा भएका विधेयकलाई छिटो टुंगोमा पुर्याउन सत्तारुढ दुई दल कांग्रेस र एमालेले तदारुपता देखाएका छन् । कानुन निर्माण प्रक्रिया सुस्त भएको आलोचना भएपछि दुई दलले आउँदो अविधेवनमा प्रतिनिधिसभाका समितिहरुमा विचाराधीन १६ वटै विधेयकलाई छिटो पारित गर्ने गरी तयारी अघि बढाएका हुन् ।

विधेयकका विषय वस्तुबारे दलीय धारणा स्पष्ट गरेर समितिबाट छिटो पारित गर्न एमालेले मंगलबार आन्तरिक छलफल गरेको छ भने कांग्रेसले बुधबार आन्तरिक छलफल राखेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार दुई दलले आन्तरिक छलफल सकेपछि बिहीबार दुई दलको संयुक्त बैठक बसेर विधेयकबारे निर्णय लिइने जानकारी दिए ।

attariya hospital

यी हुन विचाराधीन विधेयक ?

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः विद्यालय शिक्षा विधेयक, २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०

navjiwan hospital

अर्थ समितिः भन्सार विधेयक, २०८०, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), २०८१

राज्यव्यवस्था समितिः अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० र संघीय निजामती सेवा विधेयक, २०८०

पूर्वाधार विकास समितिः विद्युत् विधेयक, २०८० र जलस्रोत विधेयक, २०८१

कानुन, न्याय तथा मानव अधिकार समितिः केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः विद्युतीय व्यापार विधेयक, २०८०

यी विधेयक पारीत गर्न सरकारले पुसभित्र बैठक बस्ने गरी संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । विजनेशका लागि सांसद र समितिहरुलाई सक्रिय बनाएसँगै सरकारले अधिवेशनको तयारी गरेको हो ।