अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु भएको छ । सिटिस्कयान सेवाको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उनले नया थपिएको सेवाले यस क्षेत्रको स्वास्थ सेवामा ठूलो योगदान पुग्ने बताए । २०७९ सालमा स्थापना भएको हस्पिटलमा करिब साढे ४ करोडको लागतमा सिटिस्कयान सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष आनन्द पाठकले बताए ।

उनले अत्तरियामा प्रहिलो पटक सिटिस्कयान सेवाको सुरुवात गरिएको बताउदै अबका दिनमा यस क्षेत्रका मानिसले बाहिर जान नपर्ने बताए । उनले सिटिस्क्यान सेवाको सुचारु गरेसंगै अब अस्पतालमा एमआरआई सेवा बाँकि रहेको बताउदै उक्त सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने बताए । सो अवसरमा अस्पतालले रक्तदान कार्यक्रम सँगै बिरामिहरुलाई फलफुल वितरण गरेको थियो । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

अस्पतालका संस्थापक अध्यक्ष रघुनाथ पाठकको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देबि रोकाया, नगरप्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर १२ का वडाध्यक्ष भिम खड्का, अस्पतालका सञ्चालक डिल्लीराज पाठक, अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


















