नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

११९ रनको लक्ष्य पाएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । यो खेलमा विजयी भएको जनकपुर अब उपाधिका शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।



















