खाेज्नुहाेस

फाइनल प्रवेशका लागि आज दिउँसो सुदूरपश्चिम र जनकपुर भिडेदै

Image

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ।

जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ।

attariya hospital

यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ।

जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ। आज जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन्। जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ।

अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् ।