खाेज्नुहाेस

यू-१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई हरायो

Image

काठमाडौँ- १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो ।

attariya hospital

पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।