खाेज्नुहाेस

नेपाली कांग्रेस अछामका पूर्व महासमिति सदस्य जोशीको निधन

Image
कैलाली – नेपाली कांग्रेस अछामका नेता तथा पूर्व महासमिति सदस्य विष्णु प्रसाद जोशीको निधन भएको छ। नेता जोशीको ६९ वर्षको उमेरमा बुधवार निधन भएको हो । दमका बिरामी रहेका उनको उपचार गर्न लैजाने क्रममा बाटोमै बुधवार निधन भएको उनका छोरा नेपाली कांग्रेस गौरीगंगा नगर सचिव हेमन्त राज जोशी (बाजे) ले बताएका छन् ।
attariya hospital
navjiwan hospital
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द शाहले स्व. जोशीको योगदानहरू सदैव स्मरण गरिरहने बताएका छन्। केन्द्रीय सदस्य शाहले सामाजिक संन्जाल मार्फत भनेका छन् ‘नेपाली कांग्रेस अछामले हजुरलाई गुमाएको पीडामा आफ्नो समयमा खेल्नु भएको सामाजिक, राजनैतिक र परोपकारी कार्य सदैव सम्झी रहनेछौ।’
२०१२ सालमा अछाम साँफेबगर नगरपालिका–१३,बावला, अछाममा जन्मिनु भएका जोशी निडर, प्रखर वक्ता तथा समाजसेवी थिए। २०३२ सालमा शिक्षण पेसा अँगालेका जोशीले करिब एक वर्ष सो पेसा छोडेका त्यसपछि भने नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए ।
नेपाली कांग्रेसको लामो राजनीतिक जीवनमा उनी राष्ट्रिय पञ्चायत सदस्य बावला अछामका प्रधानपञ्च समेत रहेका थिए ।  लेखन र अध्ययनमा विशेष रुचि राख्ने जोशीले आफूलाई बिपी कोइरालाको असल अनुयायीका रूपमा चिनाउँदै आएका थिए। उनका श्रीमती ५ छोरा र २ छोरी रहेका छन्।