खाेज्नुहाेस

डडेल्धुरा घर भएका सैनिक जवानको करेन्ट लागेर मृत्यु

Image
navjiwan hospital

हेटौंडा- मकवानपुरमा करेन्ट लागेर डडेल्धुरा घर भएका एक सैनिक जवानको मृत्यु भएको छ । डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए ।

उनका अनुसार दियाललाई भीमफेदी–८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेको थियो । तत्काल सेनाको हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी लगिएका उनको मृत्यु भएको हो ।

attariya hospital