डडेल्धुरा – डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार माथि हातपात गरिएको छ ।
अमरगढी नगरपालिका–५ बागबजार पोष्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वर प्रकाश पन्त माथि मगलबार बेलुकी हातपात गरिएको हो ।


प्रहरीका अनुसार पन्तले धनगढीबाट डडेल्धुरातर्फ आइरहेको GJ ०५ RV ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गरेका थिए। सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरी पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीले चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। उक्त घटनामा संलग्न अन्य ३ जनालाई पनि प्रहरी पक्राउ गरेको प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।
अन्य पक्राउ पर्नेमा अजयमेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐर रहेका छन ।




















