अत्तरिया – सरकारले कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल सहित देशभरका ७ अस्पतालमा जलन उपचारको निःशुल्क व्यवस्था मिलाउने निर्णय गरेको छ ।
कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने निर्णय गरिएको बताए ।


उक्त निःशुल्क सेवा कोसी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा लागु गरिएको उनले बताए ।




















