भारतको गुजरात राज्यमा शनिबार निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ।

गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँ नजिकै पर्खाल भत्किएको हो । घटना लगत्तै भग्नावशेषमा पुरिएका मानिसलाई बचाउने प्रयास शुरु भएको छ । उद्धारमा खटिएको टोलीले एकपछि अर्को गरी ९ जनाको शव निकालेको प्रहरीले जनाएको छ।

भग्नावशेषमा अन्य केही मानिस पनि पुरिएको आशंका गरिएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


















