खाेज्नुहाेस

कञ्चनपुरका गुणस्तरहीन चार उद्योगलाई कारबाहीमा

Image

कञ्चनपुर – खाद्य स्वच्छता तथा गुणस्तर कायम नगरेका कञ्चनपुरका चार उद्योगहरूलाई खाद्य तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले कारबाही गरेको छ । विभागका अनुसार कञ्चनपुर दोधारास्थित शीतल ग्रुप, लक्की जुस एन्ड खड्का वेभरेज चाँदनी– ९ दोधारा, कल्पना बेकरी उद्योग र तिलक फुड्स भिमदत्तलाई कारबाही गरेको हो । उद्योगहरूले गुणस्तर कायम नगरेको, खाद्य स्वच्छता पालना नगरेको र दर्ता विना नै उद्योग सञ्चालन गरेको पाइएपछि कारबाही गरेको जनाएको छ ।

navjiwan hospital

जसमा शीतल ग्रुपले पिउने पानीको लागि पुरानो कुच्चिएको जार प्रयोग गरेको, लक्की जुस एन्ड खड्का वेभरेज इण्डष्ट्रिजले पलेफर्ड ड्रिङ्क्स प्लास्टिकको पाउचमा उत्पादन गरेको जनाएको छ । त्यसैगरी कल्पना बेकरी उद्योगलाई कागजमा केक उत्पादन गरेको र खाद्य स्वच्छता कायम नभएको अनुगमनको क्रममा पाइएको हो ।

attariya hospital

तिलक फुड्स भिमदत्तले अनुमति बिना प्लास्टिकको पाउचमा पेय पदार्थ उत्पादन गरेको पाइएपछि उद्योगलाई सिलबन्दी गरी तुरुन्त प्रक्रियामा जान निर्देशन दिएको छ। सिलबन्दीको क्रममा ७ सय ५० प्याकेट प्लेफर्ड नष्ट गरिएको छ । अनुगमनको क्रममा लक्की जुस एन्ड खड्का वेभरेजलाई सिलबन्दी गरी तत्काल उत्पादन बन्द गरेको र आवश्यक प्रक्रियामा जान निर्देशन दिएको हो । त्यसै गरी कल्पना बेकरी उद्योगलाई तत्काल केक नष्ट गरी उत्पादन स्थलको सफाइ र अन्य आवश्यक मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।