अत्तरिया – कैलालीको ओलानीमा अंग्रेजी भाषा सिकाई र लोकसेवा तयारी कक्षा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका – १२ को आर्थिक सहयोगमा क्वालिटी एजुकेसन एकेडेमी प्रालिको आयोजनामा एक महिने कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष भीम बहादुर खड्काले कक्षा १२ को अध्ययन सकेर बसेका बालबालिकालाई लक्षित गरेर अंग्रेजी भाषा र लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको बताए । उनले ओलानी क्षेत्रका बालबालिकालाई लोकसेवा तर्फ आकर्षित गर्न र विश्वव्यापी भाषामा जोड्न अंग्रेजी भाषाको कार्यक्रम सञ्चालन गरिएको बताए ।

उक्त कार्यक्रम अन्तरगत लोक सेवा कक्षाको प्रशिक्षक महाजित साउँद र अंग्रेजी भाषाको प्रशिक्षक भुपेस जोशी रहेका थिए । तालिममा ओलानीका २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

















