खाेज्नुहाेस

सुदूरपश्चिमबाट मनसुन बाहिरिन सुरु

Image

अत्तरिया – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमबाट मनसुन बाहिरिन सुरु गरेको जनाएको छ । विभागले आतबार साँझ जारी गरेको सूचनामा सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरिन सुरु गरेको र, केही दिनमा देशका अन्य भागबाट पनि मनसुन बाहिरिने जनाएको छ ।

देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाइएको छ। देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।