अत्तरिया– बर्दियाको मधुवन नगरपालिकामा रहेको वि.पि. प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । बर्दियाकै भुरिगाउँमा गठित लघुवित्त कर्मचारी मिलन केन्द्रले उक्त विद्यालयका कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

लघुवित्त कर्मचारी मिलन केन्द्र बर्दियाका अध्यक्ष खेमराज ओझाले लघुवित्त सधै विपन्नको साथीका रुपमा रहेको बताए । उनले मानवताको नाताले पनि एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक सम्भु चौधरीले विपन्न वर्गका विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतीका लागि केन्द्रले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले लघुवित्तले समाजमा खेलेको भुमिका अतुलनिय रहेको समेत बताए ।
उनले दशैको मुखमा विद्यार्थीहरुलाई झोला वितरण गरेकोमा आफु हर्षित भएको र विद्यार्थीहरुले पनि खुसी अनुभव गरेको बताए । कार्यक्रमको सहजिकरण केन्द्रका सचिव विकाश रसाईलीले गरेका थिए ।


















