खाेज्नुहाेस

गृहजिल्ला भ्रमणमा गृहमन्त्री लेखक

Image

कञ्चनपुर- गृहमन्त्री रमेश लेखक यतिबेला गृहजिल्ला कञ्चनपुर भ्रमणमा छन् । गृहमन्त्रीमा नियुक्त भएपछि उनी पहिलोपटक गृहजिल्ला भ्रमणमा आएका हुन् ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार मंगलबारदेखि बिहीबारसम्म उनी कैलाली-कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । गृहमन्त्री लेखक धनगढीबाट कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी हुँदै महेन्द्रनगर आउने कार्यक्रम छ ।

attariya hospital

कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गृहमन्त्रीको स्वागत एवं गृहमन्त्रीसमक्ष स्थानीयले विभिन्न विकास निर्माणका एजेन्डा अघि सार्ने कार्यक्रम छ ।