धनगढी – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन वर्तमान सरकार गठन भएको बताएकी छिन् । धनगढीमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले बेथिति एवं संकटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुपरेको बताइन ।
मन्त्री राणाले भनिन्, ‘दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा संकट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।’ उनले राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताइन् ।


















