सह्मालौं हैं स्वादे जिब्रो त्यागौं अल्छी तिघ्रो,
चिकेन मटन सेकुवा र माछाको त्यो सिध्रो।
अनमोल जीवन व्यवास्थामा व्यर्थ्यैमा नफालौं,
स्वस्थ जीवन आनीवानी सबैले अंगालौं।।
सकेसम्म राखौं सधैं साकाहारी बानी,
निरोगी र स्वस्थ बन्ने उपायलाई जानी।
जगतमा दुइटा थरी जीव आत्माको वास,
मांसहारी साकाहारी हुन है यीनै खास।।

लामा नङ्ग्रा तिखा दाह्रा छोटो भूँडी आन्द्रा,
मासंहारी प्राणीका विशेषता नै जात्रा।
नङ्ग्रा नभइ नङ्ग भएका दाह्रा नभइ दाँत,
साकाहारी प्राणीका लामा आन्द्रा खास।।
भोजन राम्रो साकाहारी स्वस्थकर आहा,
के के फाइदा हुँदा रैछन् दिउकी सबलाई थाहा।
महत्वले भरीपूर्ण साकाहारी खाना,
मांसहारी भन्दा पनि फरकै छ जान।।
फाइवरले भरिपूर्ण साकाहारी खाना,
कोलेष्ट्रोल मोटोपना कन्ट्रोल गर्छ जान।
पाचन शक्ती बृद्दि गर्छ डाइवेटीजलाई रोक्छ,
रक्तचाप कन्ट्रोल गर्छ मुटुको रोग छेक्छ।।

एण्टिअक्सीडेन्सको मूल साकाहारी खाना,
शरीरको विकारलाई नष्ट गर्छ जान।
अक्सीडेशन प्रोशेसनलाई यसले रोक्ने गर्छ,
दीर्घ रोग र क्यान्सरलाई जसले छेक्ने गर्छ।।
आइरनको एब्जप्सन बढ्छ प्रति रक्षा शक्ती,
भिटामिन सी हाम्रा लागी फाइदा कति कति ।
साकाहारी भोजनमा यो मिल्छ जहिल्यै नि ,
मांसहारी भोजनमा यो मिल्दैन कहिल्यै नि।।
धेरै थरी इन्फेक्शन र रुघाखोकी लाग्दा ,
खाँचो पर्छ भिटामिन सि हड्डी स्वस्थ राख्दा।
मुटु क्यान्सर मष्तिष्कघात रोगहरु नै कत्ति!
साकाहारी भोजन बाट रोकिन्छन् यी जत्ति।।
मानव स्वास्थ्य रक्षा खातिर फाइवर भिटामिन सि,
एण्टिअक्सिडेन्स अनि फाइटो केमिकल नि।
साकाहारी खानामा यी चार तत्व पाइन्छन् ,
सु स्वास्थ्य दीर्घायु खातिर यिनी सधैं चाहिन्छन्।।
साकाहारी भोजनमा फाइटो केमिकल ,
यसले रोक्छ दीर्घ रोगलाई नपरौं अलमल।
साकाहारी बन्नु फाइदा अथाह छन् जानौं,
स्वस्थ जीवन जीउनलाई साकाहारी बनौं।।

















