बैतडी- बैतडीको शिवनाथ गाउपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउपालिकामा रहेको प्रसिद्ध शिवनाथ धाममा लाग्ने जात्राको अवसरमा गाउँपालिकाले आज र भोलि स्थानीय सार्वजनिक बिदा दिएको हो ।

शिवनाथ धामको जात्रामा स्थानीयवासीको उत्साहपूर्ण सहभागितालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

शिवनाथ धाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन परम्परागत रूपमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थीहरू आउने गरेका छन् ।
















