अत्तरिया- कैलालीको धनगढीबाट भन्सार छली गरी भारतबाट ल्याइएको टेन्ट कपडा प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३ चौराहाबाट आइतबार साँझ अन्दाजी ५६ हजार ५०० रुपैयाँ बराबरको टेन्ट कपडा बेवारिसे अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त कपडा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको टेन्ट कपडाबारे प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

















