समयावधी अगावै सकियो प्रादेशिक वैज्ञानिक मेडिकल स्टोरको निर्माण

अत्तरिया – सरकारी तबरका विभिन्न निर्माण कार्यहरु सम्झौता अवधी भन्दा दोब्बर समय लगाएर समेत निर्माण हुन नसकेका कयौँ उदाहरणहरु छन । देशभरी नै योजना तथा निर्माणका कार्यहरु म्याद थप गरी गरी सम्पन्न हुने गरेका छन ।

maya metro hospital

जसका कारण सरकारले अघि सारेका निर्माणका कार्यहरु समयमै सम्पन्न होलान भन्ने आशा अपेक्षा नागरिकहरुमा हुदैन । ठेकेदारहरुका लापरबाहीका कारण निर्माणका योजनाहरुमा ढिलासुस्ती हुने गरेका कयौँ उदाहरणका बिच कैलालीमा एउटा निर्माण योजना भने समय भन्दा अगावै सम्पन्न भएको छ ।

हाईटेक डेभलपर्स प्रालि नामक निर्माण कम्पनीले जिल्लाको गोदावरी नगरपालिका– १ विजौरामा सुदूरपश्चिम प्रादेशिक वैज्ञानिक मेडिकल स्टोरको निर्माण कार्य सम्झौता अवधी भन्दा अगावै सम्पन्न गरेको हो । सेभ द चिल्ड्रेन ईन्टरनेशनलको आर्थिक अनुदानमा सुदूरपश्चिम प्रदेशका सरकारका लागि निर्माण गरिएको उक्त भवनको सम्झौता अवधी १२० दिन तोकिएको थियो । तर निर्माण कम्पनीले उक्त भवन १ सय दिनमा निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ ।

attariya hospital

कम्पनीका प्रबन्धक अमर घिमिरेले सम्झौता अनुसारको कार्य समयमै सम्पन्न गरेको बताए । ‘चैत १० गते ठेक्का भएको थियो, हामीलाई १२० दिनको समयावधी दिईएको थियो’ उनले भने ‘तर हामीले डबल सिफ्ट गर्ने र बढी खटिएर काम गर्दा समय भन्दा अगावै असार २१ गते सम्पन्न भयो ।’ उनका अनुसार प्रदेशको वैज्ञानिक मेडिकल स्टोरका लागि ४ कोठा र एउटा गोदाम निर्माण गर्न सेभ द चिल्ड्रेनले निर्माण कम्पनीलाई साढे ३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

उनले आफुहरुले प्लानिङ गरेर योजनाको काम गर्ने गरेको बताए । उनले निर्माणका लागि आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु तथा आवश्यक जनशक्तिहरु केही दिन अगाडी नै निश्चित स्थानमा ल्याउने गरेको र त्यसले काम गर्न सहज हुने गरेको बताए ।

‘चाहिने सामग्रीहरु हप्ता दश दिन अगाडि नै साईटमा ल्याउथ्यौ, मान्छेलाई लगाउने र डबल सिफ्ट काम गर्ने गरेकाले छिटो सम्पन्न गर्न सफल भयौ’ उनले भने । घिमिरेले अन्य ठेकेदारहरुले जनशक्ति व्यवस्थापन गर्न र योजना राम्रो सँग बनाउन नसक्दा नै ढिलाई हुने गरेको बताए । उनले एक पटकमा बढी ठेक्का लिदाँ र त्यसका लागि आवश्यक सामग्री नहुँदा पनि निर्माणमा ढिलाई हुने गरेको बताए ।

उनले आफ्नो निर्माण कम्पनीले एक पटकमा बढीमा ३ ओटा सम्म ठेक्का लिने गरेको बताए । ‘बढी ठेक्का लिएर काम गर्दा पनि कतिपय स्थानमा समस्या हुने गरेको छ, तर हामीले एक पटकमा बढीमा ३ वटा सम्म मात्रै ठेक्का लिने गरेका छौ’ उनले भने ‘त्यसका लागि आवश्यक सम्पुर्ण सामग्री र जनशक्तिहरु हामीसँग छ, त्यसैले कुनै समस्या बिनै निश्चित समय भन्दा अगावै हाम्रा ठेक्काहरुको निर्माण सम्पन्न हुन्छ ।’

उनका अनुसार उक्त कम्पनीले १५० दिनभन्दा बढी अवधीका ठेक्काहरु भने लिने गरेको छैन । त्यसरी समयमै निर्माण कार्य गर्दा गुणस्तरमा भने कुनै कमी नहुने उनको भनाई छ । भक्तपुरमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले देशभरमा सबै स्थानहरुमा रहेर काम गर्ने गरेको बताईएको छ । भवन प्रदेश भरका औषधीको उचित भण्डारणका लागि प्रयोगमा ल्याइने जनाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.