पहाडी जिल्ला अछाम र बाजुरामा विद्युत् अवरुद्ध

अछाम – सुदूरपश्चिमका पहाडी जिल्ला अछाम र बाजुराको विजुली अवरुद्ध बनेको छ । नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब–स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि पहाडी दुई जिल्लाको विद्युत सेवा अवरुद्ध बनेको हो ।

maya metro hospital

सब–स्टेसनको इनकमरमा रातीबाट नै प्राविधिक समस्या आएको बताईएको छ । साँफेबगरमा रहेको सब–स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ ।

समस्या आएकोमा मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.