असारे योजना हटाऔं

देशमा संघीयता आएपश्चात् बनेका तिन तहका सरकारमध्ये नागरिकको नजिकको सरकारका रूपमा स्थानीय सरकारलाई हेरिन्छ । नागरिकहरूका हरेक सुख दुखको हिस्सेदारका रूपमा औल्याईएको स्थानीय सरकारले जनअपेक्षा बमोजिम काम गर्नुपर्ने कर्तव्यलाई नकार्न सक्दैन । तर स्थानीय सरकार आएपछि विकासका कार्यहरू क्रमिक रूपमा भैरहेपनि भ्रष्ट्राचार भने दुई गुना मौलाएको छ । जसका कारण विकास निर्माणका कार्यहरू पनि कमसल हुने गरेका छन् ।

maya metro hospital

जसको ज्वलन्त उदाहरणका रूपमा असारे विकासका योजनाहरूलाई लिन सकिन्छ । नेपालमा असारे विकासको परिपाटी मौलाएको छ । देशमा बनेका तिनै तहका सरकारले असारे विकासको परिपाटिलाई बढावा दिँदै आएका छन् । स्थानीय तथा प्रदेश सरकारको दोस्रो कार्यकालसम्म पनि यसले निरन्तरता पाएको छ । आर्थिक वर्षको अन्तिम महिनाका रूपमा रहने असारमा आफू निकट व्यक्तिलाई योजना दिएर तत्कालै सो योजना सम्पन्न गर्ने र बजेट भुक्तानी गर्ने परिपाटीका कारण यो समयमा हुने अधिकांश कार्यहरू कमसल नै हुने गर्दछन् । लामो समयावधि सम्म चल्ने केही केही योजनाहरू पनि असारमै सम्पन्न गर्नुपर्ने, त्यसमा पनि काम गरेजस्तो गरेर भुक्तानी लिनुपर्ने । यस्ता दुई नम्बरी र भ्रष्ट्राचारमुखी कामहरूकै कारण स्थानीय सरकारको नाम बदनाम हुन पुगेको छ ।

आर्थिक वर्षको बजेट सकाउने मेसोमा चल्ने यस्ता विकासले देशलाई आर्थिक रूपमा खोक्रो बनाइरहेको छ । विकासका नाममा बजेट सक्ने तर बजेटअनुसारको विकास नहुँनाले देशको अर्बाै रकम खेर गइरहेको छ । प्राविधिकको ईस्टिमेट अनुसार काम गर्दा सम्झौता गरिएको अवधिमै काम सम्पन्न हुने गरेको भए पनि निर्माण कम्पनीहरूले भने आर्थिक समस्या देखाउँदै पटक पटक म्याद थप गर्ने र वर्षको अन्तिम समयमा गुणस्तरहीन काम गर्ने गर्दछन ।

attariya hospital

नेपालको परिपाटी अनुसार असारे विकासको नीति प्रत्येक ठाउँमा देख्न सकिन्छ । सो कारणले गर्दा लाखौँ करोडौँ बजेटमा निर्माण गरिएका भौतिक संरचनाहरू केही वर्ष भित्र नै पुनः मर्मत गर्नुपर्ने अवस्था आउँछ । जसले गर्दा स्थानीय तह तथा प्रदेश सरकारको बजेट खेर गइरहेको छ । विकासोन्मुख देशका रूपमा रहेको नेपालमा उसै पनि आर्थिक मन्दीको अवस्था सृजना भइरहेको छ, त्यसमा फेरी निर्माण हुने विकासका योजनाहरू पनि सुस्त र गुणस्तर हीन बन्दा त्यसले अझै आर्थिक भार राज्यलाई थपिने कुरामा दुई मत छैन ।

त्यसैले विगतझैँ असारे विकासमै अल्झिएर पालिका तथा प्रदेश सरकारको बजेट निध्याउने काममा वर्तमान जनप्रतिनिधिहरू लाग्नुहुँदैन । विगतमा चल्दै आएको असारे विकासको परिपाटी अन्त्य गरी आगामी दिनहरूमा समयमै योजनाहरूको निर्माण तथा भुक्तानीको प्रक्रिया थालनी गरिनुपर्दछ । असारे योजनाहरू हटाएर अघि सम्झौता भएका योजनाहरूलाई गुणस्तरयुक्त बनाउने कार्यमा ध्यान दिन जरुरी छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.