अत्तरियामा नसर्ने रोगका विषयमा अन्तरक्रिया

अत्तरिया – कैलालीको अत्तरियामा नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरूका विषयमा अन्तरक्रिया गरिएको छ । गोदावरी नगरपालिकाले चुरे मिडिया सँगको संयोजनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital

कार्यक्रममा गेटा अस्पतालका फिजिसियन डाक्टर चेत राज भट्टले सहभागीहरूलाई नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरूका बारेमा जानकारी दिदैं सहभागी जिज्ञासाको जवाफ दिएका थिए ।

उनले पछिल्लो समय खानपिनमा आएको परिवर्तन सँगै नसर्ने रोगका बिरामी बढ्दै गएको बताए । यस्ता रोगबाट बच्न खानपिनमा सुधार, नियमित व्यायाम र वर्षमा कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए ।

attariya hospital

चुरे मिडियाका सञ्चालक हेमन्त पौडेलले नसर्ने रोगको बारेमा आम जनसमुदायलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए । उनले सञ्चार माध्यमबाट पनि नसर्ने रोगका विषयमा सामाग्री सम्प्रेषण गर्न आवश्यक रहेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.