प्रदिप मलासी, बझाङ – दिवा खाजालाई थप प्रभावकारी बनाउन संयुक्त अनुगमन गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका – ११ को निलकट्टी माध्यामिक विद्यालयमा आइतबार बहुउद्वेशिय विकास समाज डडेल्धुरा ,एकीकृत विकास समाज र साईपाल विकास समाजले जनप्रतिनिधि सरोकारबालको सहभागितामा संयुक्त अनुगमन गराएको हो ।
गुणस्तरिय शिक्षा प्राप्त गर्नुका साथै विद्यालय स्वास्थ्थ तथा पोषण, स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा र प्रारम्भिक तह पढाइ कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले विश्व खाद्य संगको साझेदारीमा बझाङका १२ पालिकामा ३ संस्थाले कार्य गर्दै आएका छन ।

संयुक्त अनुगमनका क्रममा विद्यालयले विद्यार्थीहरुले दिवा खाजामा स्थानीय तरकारीको उत्पादन र दाल चामल र घ्युको निरन्तर प्रयोग गरिएको पाइएको
अनुगमनका क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रेम राज जोशीले विद्यालय नगरपालिकाको दुर्गम क्षेत्रमा रहेकाले यहाको भौतिक संरचनाको स्तरउन्नति संगै शिक्षकहरुलाई थप तलब दिनुपर्ने बताए । आफुहरुले बिकट क्षेत्रको कठिन बसाईका बाबजुद पनि शिक्षाको गुणस्तर नखस्कन दिन लागि परेकाले नगरपालिकाले विद्यालयको स्तरउन्नति गर्न र शिक्षकहरुलाई खुशीका साथ काम गर्ने माहोल सिर्जना गर्न अनुरोध गरे ।
विश्व खाद्य सबैको साझा संगठन भएकाले नेपालको कृषि बिकासको योजना निर्माण गर्ने नीति नेपाल सरकार र विश्व खाध्यका बिचको सहकार्यमा अगाडि बढने गरेकाले कृषिको विकासका सवालमा सबै नेपाली दाजुभाई सक्रिय रहनु जरुरी हरेको कृषि ज्ञान केन्द्र प्रमुख टेक बहादुर बिष्टले बताए ।


निलकट्टी माध्यामिक विद्यालय सँग जोडिएको भुगोल सबै समयमा सबै खाले तरकारी फलाउन सकिने भएकाले सबै प्रजातीका तरकारी फलाउन किसान सक्रिय हुनु पर्ने प्रमुख बिष्टले बताए ।

दिवा खाजा संगै शिक्षाको गुणस्तरको सवाल प्रमुख भएकाले शिक्षा गुणस्तर बृद्वि गर्न जनप्रतिनिधिहरुको पहल निरन्तर रहिरहने जयपृथ्वी नगरपालिका उपप्रमुख रतन बहादुर सिंहले बताए ।
शिक्षा संगै पोषणयुक्त खानाको अति आवश्यक भएकाले दिवा खाजामा प्रयोग हुने सबै चिज स्थानीय स्तरमा उत्पादन गर्दा आफ्नै बालबालिकाहरुले पोषण प्राप्त गर्ने नगर उपप्रमुख सिंहले बताए ।
निलकट्टी माध्यामिक बिध्यालय नगरपालिकाको विकट विद्यालय भएकाले यसको विकासको लागि नगरपालिका निरन्तर लागि रहने नगर प्रमुख चेतराज बजालले बताए ।
यस क्षेत्रका बालबालिकाहरु अन्य विद्यालय जान असहज हुने भएकाले गाउमै उच्च शिक्षा प्राप्त गर्ने विद्यालय स्थापना हुने बाल विवाह र बहुविवाहको न्युनिकरण हुनेमा समेत नगर प्रमुख बजालले बिश्वास व्यक्त गरेका छन ।
विद्यालयको पुरानो छानो फेर्ने र शिक्षकहरुको समस्या समाधान गर्न नगरपालिका कटिबद्व रहेकोले यस वर्षको बजेटमा पनि निलकट्टी मावि लाई उच्च प्राथमिकतामा राख्ने नगर प्रमुख चेतराज बजालले बताए ।
विश्व खाद्यको आर्थिक सहयोग र बहुउद्वेशिय बिकास समाज डडेल्धुरा, एकीकृत विकास समाज र साईपाल विकास समाजको संयुक्त आयोजनामा विगत ७ वर्ष देखि दिवा खाना स्थानीय उत्पादन र प्रारम्भिक शिक्षामा काम गर्दै आएका छन ।