विपद् न्यूनीकरणमा ध्यान देऊ

विपद्का घटनाहरू वर्षेनि वृद्धि हुँदै गइरहेका छन् । खोलानाला अतिक्रमण, बन अतिक्रमण, मापदण्ड विपरीत ढुङ्गा, माटो, बालुवा, गिट्टी लगायतका वस्तुहरूको उत्खननले प्राकृतिक रूपमा आउने विपत्तिलाई प्रशय दिइरहेको छ । भौतिक पूर्वाधार विकाशका लागी गरिने सामाजिक दोहनका कारण आउने बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक विपत्तिहरूले मानवीय रूपमा पनि क्षति पु-याउने गरेको छ । अव्यवस्थित रूपमा खनिएका सडकहरूका कारण कैलालीको चुरे गाउँपालिकामा पनि पहिरोले क्षति पु-याएको अवस्था छ । चुरेका कतिपय परिवारहरु त पहिरोका कारण राजमार्ग क्षेत्रमा त्रिपाल टाँगेर जीवन गुजार्न बाध्य छन् ।

maya metro hospital

सहरीकरण भएसँगै तराईमा बसोबास गर्ने मानिसको सङ्ख्या बढेपछि यहाँ खोलानाला अतिक्रमण गरेर घर बनाउने परिपाटी मौलाएको छ । जसका कारण पछिल्लो समय अत्तरिया क्षेत्रका खोलाहरू साघँुरिदै गएका छन् । जसले यहाँको खोलानाला अतिक्रमण पनि बढेको छ ।

घर नजिक रहेका खोलानालाको जमिन अतिक्रमण गरी बेचबिखन तथा आफू मातहत ल्याउने कार्य गोदावरीमा बढिरहेको छ । सुरुमा खोलानाला भएका क्षेत्रमा अहिले ठुला ठुला भवनहरू निर्माण भैसकेका छन् । गोदावरीको मुख्य बजार क्षेत्र अत्तरिया आसपासका ठुला खोलाहरू अहिले नालामा परिणत भैसकेका छन् । कुनै कुनै स्थानमा त खोलाको नामोनिसान नै छैन । जसले यहाँ डुबानको जोखिम बढाएको छ ।

attariya hospital

वर्षायामको समय भैसकेको छ । पुर्वीक्षेत्रबाट सक्रिय मनसुन आउँदै गर्दा खोलानालाको अतिक्रमण हटाउने तिर कसैको ध्यान जान सकेको छैन । जसका कारण यो वर्षायाममा अत्तरियामा डुबानका कारण धनजनको क्षति हुने सक्ने अनुमान गर्न थालिएको छ ।

विगतका दिनहरूमा पनि डुबानका कारण यहाँ कयौँले आफ्नो घर छोडेर अर्काको घरमा सहारा लिनुपरेको थियो भने किसानहरूले राम्रो सँग खाद्यान्न बाली समेट्न पाएका थिएनन् । तर अत्तरियाको अहिलेको अवस्था हेर्दा डुबानको समस्या झन् विकराल हुने देखिन्छ ।

अतिक्रमणका कारण खोलाको आकार साघुँरिदा पानीको बहाव बाहिर आउने गर्दछ । जसका कारण डुबानको समस्या बल्झिने गरेको छ । त्यसैले त्यसको समाधानका लागी खोलाको अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउनु अति आवश्यक छ । प्राकृतिक विपत्तिको सामना मानिसले चाहेर पनि गर्न सक्दैनन् । प्रकृतिसँग जोरी खोजेर क्षणिक फाइँदाका लागी मानिसको अस्तित्व नै धरापमा पार्ने काम कदापि गर्नुहुँदैन ।

त्यस्तो गर्ने नागरिकलाई सरकारले पनि कारबाहीको दायरामा ल्याउने काम गर्नुपर्दछ । खोलामा बनाइएका संरचना भत्काए मात्रै डुबानको समस्या समाधान हुने भएकाले त्यसतर्फ सबैले ध्यान दिन अनिवार्य छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.