अछाम – अछाममा करेन्ट एक बालकको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–७ तोसीको जंगलमा बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा रानीवनका १५ वर्षीय बिमल विकको मृत्यु भएको हो ।

घटनामा उनीसँगै रहेका अर्का १४ वर्षका बालक झंकर विक घाइते भएका छन् । उनीहरू दुवैजना तुर्माखाँद–६ रानीवनका हुन् । स्थानीय कामेश्वरी मावि कक्षा ९ मा अध्ययनरत उनीहरूलाई असार १७ गतेदेखि हुने त्रैमासिक परिक्षाको सामग्री लिन जाने क्रममा बाटोमा लत्रिएको बिजुलीको तारका कारण करेन्ट लागेको थियो ।

बाटोमा हिँडिरहेको वेला सुरुमा झंकरलाई करेन्ट लागेको थियो । उनलाई बचाउन जाने क्रममा करेन्ट लागेपछि विमलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारका लागि सदरमुकाम मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।


















