डोटीकी निरुताले पाइन कृतिम खुट्टा

डोटी – डोटी निरुता थापाले कृतिम खुट्टा पाएकी छिन । वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुताले कृतिम खुट्टा पाएकी हुन ।

maya metro hospital

उनको केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन ।

डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति उनको कृतिम खुट्टा सहयोग गरेको हो । खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताइन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.