अत्तरिया – कैलालीको धनगढी, गोदावरी र टीकापुरबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ । प्रहरीले आइतबार तीन वटै पालिकाबाट साढे ५ लाख बराबरको भन्सार छलिको सामान बरामद गरेको हो ।

धनगढीको पुरानो भन्सार रोड, ट्रफिक चौराह, बसपार्क नजिक र शहिद गेट, भट्टाटोल, राजपुर चोक, गोदावरीको रिङरोड र टीकापुर बालुवाटार प्रहरीले ५ लाख ५० हजार २८३ मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

जसमा चिनी, पेय पदार्थ, सुर्ती, मिठाई, दाल, सरप, मैदा, खुर्सानी, कुर्ता सुरवाल, चप्पल, प्रेशर कुकरको रवर, किरानाका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै आइतबार कञ्चनपुरबाट पनि प्रहरीले १ लाख बराबरको अवैध सामान बरामद गरेको छ । बेलौरी नगरपालिका – २ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका बिजुलीका बल्भ, टर्चलाईट, पंखाका पाताहरु, मच्छर मार्ने चार्जर मसिन, काँटा, प्लाष्टिक बोतल, मोटरसाइकल १ लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।

















