खाेज्नुहाेस

अछाममा फेरी छाउगोठ भत्काउने अभियान सुरु

Image
फाइल फोटो

अछाम – पञ्चदेवल विनायक नगरपालिकाकी एक १६ वर्षीया किशोरी मामा नाता पर्नेबाट छाउगोठमै बलात्कृत भएपछि अछाममा पुनः छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ।

navjiwan hospital

पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले नगरपालिकाभित्रका सबै वडालाई छाउपडी कुप्रथाविरुद्धको अभियान सञ्चालन गर्नका लागि न्यायिक समितिबाट पत्राचार गरिएको बताइन्। चलाउनेले वडाहरूमा फेरि बनेका छाउगोठ कति छन् भनेर संख्या यकिन गरेर भत्काउने र सँगसँगै सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने भनेर पत्राचार गरेको बताइन्।

attariya hospital

नगरपालिकाको वडा नं ६ बाट गोठ भत्काउने अभियान सञ्चालन गरेको वडाध्यक्ष कमल रावलले जानकारी दिए। वडामा करिब २५/३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको रावलले बताए।