अछाम पुगेका प्रदेश प्रहरी प्रमुखले खच्चड उद्धार गरेका २ प्रहरीलाई पुरस्कृत गरे

अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले दुई जना प्रहरीलाई पुरस्कृत गरेका छन् । हिजो अछाम पुगेका उनले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई पुरस्कृत गरेका हुन् ।

maya metro hospital

प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका-९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुबै जना प्रहरीलाई अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिने जनाएको थियो । सोही अनुसार नगद पुरस्कार प्रदान गरिएको बताइएको छ ।

प्रहरी नायब महानिरीक्षक केसी सोमबार साँफेबगरमा आयोजित जिल्ला प्रहरी कार्यालय अछामको शान्ति सुरक्षा सम्बन्धी समिक्षा बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक र इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँद लगायत अछाम जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण कार्यालयका प्रमुख प्रहरी अधिकृतहरू सहभागी थिए । सोही कार्यक्रममा दुबै जना प्रहरीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.