खाेज्नुहाेस

बझाङमा दुई वडाध्यक्षले विषयगत समितिबाट राजीनामा दिए

Image

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाका दुई स्वतन्त्र वडाध्यक्षले पालिकाको विषयगत समितिको संयोजकबाट राजीनामा दिएका छन् । छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष पविन्द्र मण्डेलले वातावरण विपद् र ७ नम्बरका वडाध्यक्ष विजयबहादुर धामीले सुशासन तथा संस्थागत विकास समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।

navjiwan hospital

गाउँपालिका अध्यक्ष बसन्तबहादुर चलाउनेले योजना छनोटदेखि बजेट विनियोजनमा मनोमानी गरेको भन्दै उनीहरूले विषयगत समितिको संयोजकबाट राजीनामा दिएको बताएका छन् ।

attariya hospital

वडाध्यक्षद्वय मण्डेल र धामी पूर्वमाओवादी हुन् । उनीहरूले गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।