खाेज्नुहाेस

मनसुनजन्य विपद्को पूर्वतयारी जरुरी

Image

सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा केही दिन यता अत्याधिक गर्मी छ । गर्मीका कारण दिउँसो बाहिर निस्कन सकिने अवस्था छैन । वर्खा लागेयता देखी पानी परेको छैन । यस वर्षको मनसुन जेठ अन्तिममा भित्रिएर असोज १७ सम्म रहने र सरदरभन्दा बढी वर्षा हुने अनुमान मौषमविद्हरुले गरेका छन । पानी पर्ने महिना भनेर असार साउनलाई चिनिन्छ । असार लागिसकेको छ, वर्खाको झरी परेपछि सुदूरपश्चिमका तराईका जिल्लाहरुमा डुबान र नदि कटानको जोखिम बढी हुन्छ । यस वर्ष सुदूरपश्चिममा ५ हजार ५ सय घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।

वर्षायाममा नदी तथा खोलाहरुमा आउने बाढीले कयौ मानिस एवम् घरहरु बगाएका घटनाहरु विगतदेखि नै सुनिदै आएका छन् । कैलालीको गोदावरी नगरपालिकामा पनि त्यस्ता विपत्तिहरुले कतिपय मानिसहरुले अकालमै ज्यान गुमाईसकेका छन । खोलानालाहरुमा आउने बाढीकै कारण कतिपय खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको छ ।

attariya hospital
navjiwan hospital

लगातार वर्षा हुँदा पानि निकासको ठाउँ नभएपछि तराईका बस्तीहरु डुबान हुने जोखिम सबैभन्दा बढी छ । यस्ता विपद्जन्य घटनाहरु घट्न नदिन सर्तकता अपनाउन आवश्यक छ । वर्षायाम सुरु हुदै गर्दा अति आवश्यक स्थानमा खोलाको कटान रोक्न र बस्ती बचाउन तटबन्ध निर्माण गर्न जरुरी छ ।

डुबान हुने क्षेत्रका लागि अग्रिम रुपमा सर्तकता अपनाउन आवश्यक छ भने स्थानिय तहले विपद्को न्यूनिकरणका लागि तयारी अवस्थामा बस्न अति आवश्यक छ । वर्षायाममा आउने समस्याले विकराल रुप लिनु अगाडी नै त्यसको समाधानको योजना बनाउन जरुरी छ । डुबान हुने क्षेत्रका मानिसहरुलाई बैकल्पीक क्षेत्रमा स्थानान्तरणका लागी स्थानको खोजी गरिनुपर्ने देखिन्छ । विपद्को न्यूनिकरणका लागि अग्रसर बन्न अति आवश्यक छ ।

एकाएक आउने प्राकृतिक विपत्तिका कारण मात्र नभएर आफ्नै असावधानीका कारण पनि हामी सधैँ असुरक्षित बनिरहेका हुन्छौ । वर्षामा बाढीपहिरो, डुबान एवम् नदि कटानको त्रास हुने गर्दछ । एकाएक आइपर्ने प्राकृतिक विपत्तिलाई टारौँ भनेर टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । विपत् जुनसुकै बेला पनि आउन सक्छ भन्ने योजनाका साथ विपद्को क्षति कम गर्न र विपद्सँग लड्न सधैँ तम्तयार रहन आवश्यक देखिन्छ ।