अत्तरिया – कर्णाली पुलमाथिको झोलुंगे पुलमा फसेर मृत्यु भएका खच्चडका मालिकलाई उचित क्षतिपुर्ति दिईनुपर्ने माग गरिएको छ ।

आईतबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएका थिए । जसका कारण खच्चडहरु पुलमै अड्किएका थिए । केही समय पछि खच्चडहरुको उद्धार गरिएको भएपनि २ वटा खच्चडहरुको भने मृत्यु भएको थियो ।

नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले उक्त झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी हुन ।
प्रतिनिधि सभाको बैठकमा उक्त विषय उठाउँदै सांसद रानाले पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको र खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्नुपर्ने बताएकी थिईन ।


















