लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवतजावत बन्द

अछाम – लट्ठा चुँडिाएको कर्णलीको झोलुंगे पुलमा आवतजावत बन्द गरिएको छ । आईतबार खच्चड हिँडाउदा लठ्ठा चुडिएपछि पुल पुल जिर्ण बनेको भन्दै आवतजावतमा रोक लगाईएको हो ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जिर्ण बनेको उक्त पुल मानिसको आवतजावत गर्न जोखिमयुक्त भएकाले बन्द गरिएको बताए । उनले प्राविधिक नापजाँच, मूल्यांकन एवम् परिक्षण नगरी आवतजावत गर्दा अप्रिय घटना घट्न सक्ने भएकाले पुलको दुवै तर्फ तारजाली लगाएर पुल प्रयोगमा रोक लगाईएको बताए ।

उक्त पुल भएर जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाइ आवतजावत गर्दै आएका छन । पुल जिर्ण बनेपनि आवतजावतमा अझै पनि विद्यार्थीहरुले सोही पुल प्रयोग गर्दै आईरहेका थिए । तर प्रशासनले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेको हो ।

attariya hospital

आईतबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएका थिए । जसका कारण खच्चडहरु पुलमै अड्किएका थिए । केही समय पछि खच्चडहरुको उद्धार गरिएको भएपनि २ वटा खच्चडहरुको भने मृत्यु भएको थियो ।

पुलमा आवतजावत बन्द हुँदा पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायतका बस्तीका मानिसहरुलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.